दफा ३४
सहीछाप गर्न नसक्ने व्यक्तिले लिखत गर्दाको कार्यविधि

दफा ३२ बमोजिम लिखतमा कारणीको दस्तखत मात्र गराउँदावा दफा ३३ बमोजिम कारणीको तर्फबाट निजको संरक्षक वा माथवरको सहीछाप गराउँदा लिखतको शिर भागमा त्यसको कारण उल्लेखगरी सम्बन्धित अधिकारीले त्यस्तो लिखत प्रमाणित गर्नु पर्नेछ ।